दफा १०
प्रतिरक्षा गर्ने
आयोगले आफ्नो तर्फबाट कुनै अड्डा अदालतमा निवेदन दिन वा मुद्दाचलाउन वा त्यसको लागि आवश्यक लिखत तयार गर्न र प्रतिरक्षा गर्न वा आयोग विरूद्ध कसैले कुनै कानूनी कारबाही चलाएमा वा मुद्दा दायर गरेमा लिखित जवाफ वा प्रत्युत्तर  दिन वा प्रतिरक्षा गर्न आयोगले आवश्यकता र उपयुक्तताको आधारमा सरकारी वकील वा महान्यायाधिवक्ताको परामर्श लिई अन्य कानून व्यवसायी वा दुवैको सेवा लिन सक्नेछ ।